मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई हरायो

सिजनको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई उसकै मैदानमा २–१ले पराजित गरेको हो।

चेल्सीलाई जित दिलाउन काइ हाभट्र्ज र टमी अब्राहमले गोल गरे भने आर्सनलका आर्सनलका ग्रानिट जाकाले गोल गरे।

आर्सनको मैदानमा हाभट्र्जको गोलमा २७औं चेल्सीले अग्रता लियो । पहिलो हाफ १–०मै सकियो । ६९औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । तर, ७२औं मिनेटमा अब्राहमले गोल गरेपछि चेल्सी २–१ले विजयी भयो ।

आइतबार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा वुल्भ्स विजयी भयो । उसले कोवेन्ट्री सिटीलाई २–१ले हरायो । खेलमा वुल्भ्सका फाबियो सिल्भा र रुवेन नेभेसले गोल गरेका थिए भने सिटीका मार्टिन वागहर्नले गोल गरेका थिए।

Facebook Comments Box