
जिससको ह्याट्रिकमा सेभियामाथि आर्सनलको सानदार जित
इंग्लिस क्लब आर्सनलले प्रिसिजनमा एउटा अर्को सानदार जित निकालेको छ। ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिससको ह्याट्रिक मद्दतमा आर्सनलले स्पेनिस क्लब सेभियामाथि ६–०को जित निकाल्यो।
घरेलु मैदान इमिरेट्समा शनिबार साँझ भएको खेलमा आर्सनललाई जित दिलाउन जिससको ह्याट्रिकसँगै बुकायो साकाले २ तथा इडी एनकेइटाले १ गोल गरे।
सेभियालाई सुरुआतदेखि नै दबाबमा राखेको पहिलो हाफको २० मिनेट पनि नबित्दै ४ गोल गरेको थियो । १०औं मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए।
१३औं मिनेटमा जिससले अग्रता दोब्बर बनाए । १५औं मिनेटमा जिससले आर्सनललाई ३–०को अवस्थामा ल्याएर । १९औैं मिनेटमा सेभियाका किपरको गल्तीको फाइदा उठाउँदै साकाले गोल गरेपछि आर्सनल ४–०को अवस्थामा आयो।
७७औं मिनेटमा गोल गर्दै जिससले घरेलु मैदान इमिरेट्समा पहिलो ह्याट्रिक पुरा गरे। यसै सिजन म्यान्चेस्टर सिटीबाट आर्सनल आएका जिससको यो प्रिसिजनको दोस्रो ह्याट्रिक हो। ८८औं मिनेटमा एनकेइटाले गोल गरेपछि आर्सनलले ६–०को जित निकाल्यो।