प्रिमियर लिगः आर्सनलले टोटनह्यामलाई हरायो, वेस्टह्याममाथि युनाइटेडको कठीन जित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् । प्रिमियर लिगमा अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले टोटनह्यामाथि २–१को पुनरागमन जित निकाल्दा युनाइटेडले आत्मघाती गोल मद्दतमा वेस्टह्यामलाई १–०ले हरायो।

लन्डन डर्बीमा आर्सनलले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिती उल्टाँदै पुनरागमन जित हात पारेको हो। एरिक लामेलाले ३९औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । तर, ४४औं मिनेटमा मार्टिन ओडेगाडले आर्सनलका लागि बराबरी गोल फर्काए ।

६४औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएर त्यही गोल जितमा निर्णायक बन्यो । टोटनहमका गोलकर्ता लामेला ७६औं मिनटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यस्तै, दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले आत्मघाती गोल मद्दतमा वेष्टहम युनाइटेडमाथि साँघुरो जित निकाल्यो । आइतबार राति घरेलु मैदानमा खेलको ५३औं मिनेटमा वेस्टहमका क्रेइग डवसनले आत्मघाती गोलमा युनाइटेड विजयी भयो।

यसैगरी शनिबार राति नै भएको अन्य खेलमा लेस्टर सिटी शेफिल्ड युनाइटेडलाई ५–० ले हराउँदा साउथह्याम्पटनले ब्राइटनलाई २–१ले हरायो । शेफिल्डविरुद्ध फराकिलो जितमा लेस्टरका लागि केलेची इहनाचोल ह्याट्रिक गरे । उनले ३९औं, ६९औं र ७८औं मिनेटमा गोल गरे । आयोज पेरेजले ६४औं मिनटमा गोल गरे । शेफिल्डका एथान एम्पाडुले आत्मघाती गोल उपहार दिए ।

जितपछि २९ खेलबाट ५७ अंक जोड्दै युनाइटेड अंकतालिकाको दोस्रो स्थानमै छ भने २९ खेलबाट लेस्टरको ५६ अंक छ, र उन तेस्रो स्थानमा छ। यता आर्सनल २८ खेलबाट ४१ अंकसहित दशौँ स्थानमा छ भने समान खेलबाट ४५ अंक रहेको टोटनहम सातौं स्थानमा छ।

हारपछि पनि वेस्टहम ४८ अंकसहित पाँचौं स्थानमा रहेको छ भने २९ खेलबाट १४ अंक मात्र रहेको शेफिल्ड अन्तिम स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.