तीन खेलपछि आर्सनलको पहिलो जित, वाट्फोर्टमाथि वुल्भ्सको जित

लन्डन क्लब आर्सनल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई १–०ले हरायो।

प्रिमियर लिगका सुरुआती तीन खेलमा पराजय भोगेको आर्सनललाई जित दिलाउन पिर्रे एमेरिक औबामियाङले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६६औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनलाई जित दिलाए । इपिएलमा आर्सनलको यो नै सिजनको पहिलो गोल हो।

खेलमा आर्सनलले ५२ प्रतिशत बल पोजेसन बनाउँदै ३० सट प्रहार गर्दा ६ सट फ्रेममा थियाृे। यता, नर्विचले १० सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो।

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा वुल्भ्स विजयी भएको छ । वुल्भ्सले वाट्फोर्टलाई उसकै मैदानमा २–०ले हरायो। वुल्भ्सको जितमा ह्वाङ हि चानले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।

पहिलो बराबरीमा सकिएको खेलमा ७४औं मिनेटमा वुल्भ्सले अग्रता लियो । वाट्फोर्टका फ्रान्सिस्को सेइराल्टाले आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसपछि ८४औं मिनेटमा कोरियन खेलाडी चानले गोल गरेपछि वुल्भ्स २–०ले विजयी भयो।

Facebook Comments Box