
एस्टन भिल्लामाथि आर्सनलको जित
इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लामाथि १–०को जित निकालेको हो ।
आर्सनको जितमा बुकायो साकाले गोल गरे। उनले ३०औं मिनेटमा गोल गरेका थिए । त्यसपछि गोल नहुँदा आर्सनल विजयी भयो ।
खेलमा आर्सनलले ५३ प्रतिशत बल पोजेसन बनाउँदै एस्टन भिल्लाको पोस्टमा १० सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो । यता, एस्टन भिल्लाले ८ सट प्रहार गर्दा १ सट फ्रेममा थियो।
जितसँगै २८ खेलबाट ५४ अंक जोडेको आर्सनल चौथो स्थानमा छ भने एस्टन भिल्ला ३६ अंकका साथ नवौं स्थानमा छ।