
लेस्टरलाई हराउँदै आर्सनल चौथो स्थानमा
Read Time:1 Minute
प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सलनले लेस्टर सिटीलाई २–० ले हरायो।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्जेन्डर लाकाजेटले गोल गरे । आर्सनलले दुवै हाफमा समान १ गोल गरेको थियो।
खेलको ११ औं मिनेटमा थोमस पार्टेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । उनले ग्याब्रिअल मार्टिनेलीको पासमा गोल गरेका थिए । ५९ औं मिनेटमा लाकाजेटले पेनाल्टीमार्फत गोल गरेपछि टिमको अग्रता दोब्बर बनाए । लेस्टरका डिफेन्डर सोएन्सुले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा लाकाजेटले गोल गरेका थिए।
जितसँगै आर्सनल चौथो स्थानमा उक्लिएको छ । लामो समयपछि च्याम्पिन्स लिग खेल्ने सम्भानालाई कायमै राखेको छ। आर्सनलले २६ खेलमा ५१ अंक जोडेको छ। उसले चौथो स्थानमा ३ खेल बढी खेलेको म्यान्चेस्टर युनाइटेडसँग १ अंकको अग्रता बनाएको छ ।