आर्सनल विजयी, वेस्टह्यामसँग लेस्टरको लज्जास्पद हार

बुकायो साका र निकोलस पेप गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । यता, लेस्टर सिटी भने वेस्टह्यामसँग फराकिलो अन्तरले पराजित भयो ।

आइतबार भएको खेलमा साका र पेपेले गोल गरेपछि आर्सनलले सेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गर्‍यो भने अघिल्ला तीनै खेल जितेको लेस्टर सिटी वेस्टह्यामसँग लज्जास्पदरुपमा ३–०ले पराजित भयो ।

आर्सनललाई जित दिलाउन साका र पेपेले गोल गरे भने सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काए । खेलको ६१औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

खेलको ६४औं मिनेटमा पेपेले गोल गर्दै आर्सनलेको अग्रता दोब्बर बनाए । साका र पेपे दुवैले हेक्टर बेलेरिनको पासमा गोल गरेका थिए । ८४औं मिनेटमा सेफिल्डका म्याकगोल्ड्रिकले एक गोल गर्दै सेफिाल्डलाई खेलका फर्काउने प्रयास गरेका थिए, तर त्यसपछि गोल नहुँदा आर्सनल २–१ले विजयी भयो ।

यसैगरी लागतार तीन खेलमा सानदार जित निकालेको लेस्टर सिटी आइतबा भने वेस्टह्यामसँग ३–०को लज्जास्पद हार बेहोर्न बाध्य भयो । वेस्टह्यामलाई जित दिलाउन मिचेल एन्टोनियो, पाब्लो फोर्नाल्स र जार्रोड बोबिनले गोल गरे ।

लेस्टरको मैदानमा भएको खेलमा १४औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाए । ३४ औं मिनेटमा पाब्लोले गोल गर्दै टिमको अग्रता दोबबर बनाए । ८३औं मिनेटमा बोबिनले गोल गरेपछ वेस्टह्यामले ३–०को सहज जित निकाल्यो ।

आइतबार राति नै भएका अन्य खेलमा पेड्रो नेटोले निर्णायक गोल मद्दतमा उल्भ्सले फुलहमलाई १–०ले हरायो । यस्तै साउथह्याम्पटनले वेस्ट ब्रुममाथि २–०को जित निकाल्यो । साउथह्याम्पटनको जितमा मौसा डिजेन्पो र ओरिओल रोमेउले गोल गरे ।

गोल अन्तरले पराजित गरेको छ । उल्भ्सको जितमा गरे । उनले खेलको ५६ औं मिनेटमा गोल गरेका थिए । उल्भ्सको यो दोस्रो जित हो । उल्भ्सले ४ खेलमा ६ अंक जोडेको छ । फुलहमको यो लगातार चौंथो हार हो । फुलहम अंक विहीन रहदै पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP