कोरोना महामारीपछि आर्सनलको पहिलो जित

कोरोना भाइसको महामारीपछि पुनः सुरु भएको इंग्लिस प्रिमियर लिगमा आर्सनलले पहिलो जित हात पारेको छ । कोरोना भाइसको महामारीपछि पहिलो जित निकाल्ने क्रममा आर्सनलले बिहीबार राति साउथह्याम्पटनलाई उसकै मैदानमा २–०ले हरायो ।

आर्सजन यसअघि भएका दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग ३–०ले पराजित भएको आर्सनल दोस्रो खेलमा ब्राइटनसँग २–१ले पराजित भएको थियो ।

बिहीबार राति भएको खेलमा १० खेलाडीमा सीमित साउथह्याम्पटनविरुद्ध जित दिलाउन एडवार्ड एनकेइटा र जोसेफ विललकले गोल गरे । सेन्टमेरी स्टेडियममा २०औं मिनेटमा एनकेइटाको गोलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

८५ औं मिनेटमा जयक स्टेपहेन्सले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा सीमित बनेको थियो । त्यसको फाइदा आर्सननले उठायो । ८७ औं मिनेटमा विललकले गोल गर्दै आर्सनललाई २–०को जित दिलाए ।

यसैगरी बिहीबार राति नै भएको अर्को खेलमा प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नेलीले वाट्फोर्डलाई १–० ले हराएको छ । उसका जेइ रोड्रिग्वेजले निर्णायक गोल गरेका थिए ।

जितसँगै ३१ खेलबाट ४३ अंक जोड्दै आर्सनलन नवौं स्थानमा छ । ३७ अंक जोडेको साउथह्याम्पटन १४ औं स्थानमा छ । ४२ अंकका साथ बर्नेली ११औं स्थानमा रहँदा २८ अंकका साथ १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *