वुल्भ्समाथि आर्सनलको पुनरागमन जित

Read Time:1 Minute

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ। बिहीबार राति भएको खेलमा आर्सनले वुल्भ्समाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को पुनरागमन जित निकाल्यो।

एमिरेट्स मैदानमा भएको खेलको १०औं मिनेटमा ह्वाङ्ग हि चानले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । तर अन्तिमतिर सम्हालिन नसक्दा वुल्भ्स पराजित भयो।

८२ औं मिनेटमा निकोलस पेपेले आर्सनलका लागि बराबरी गोल फर्काए । खेलको इन्जुरी टाइममा वुल्भ्सका गोलकिपर जोसे साले आत्मघाती गोल गरेपछि आर्सनल २–१ ले विजयी भएको हो ।

जितपछि आर्सनले २४ खेलमा ४५ अंक जोडेर पाँचौं स्थानमा छ भने वुल्भ्स २५ खेलबाट ४० अंकसहित सातौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नापोलीलाई हराउँदै बार्सिलोना युरोपा लिगको अन्तिम १६मा
Next post नेपाली क्रिकेट टिम आज स्वदेश फर्कँदै
Close