
वुल्भ्सलाई हराउँदै शीर्ष पाँचमा फर्कियो आर्सनल
इंग्लिस प्रिमियर लिगमा वुल्भ्स विजयी भएको छ। बिहीबार राति भएको खेलमा आर्सनलले वुल्भ्समाथि १–०को जित निकालेको हो।
्
आर्सनलका लागि डिफेन्डर गाब्रिएलले खेलको २५औं मिनेटमा गोल गरे । त्यसपछि गोल नहुँदा आर्सनल विजयी भयो।
खेलको ६९औं मिनेटमा गाब्रिएल मार्टिनेली रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि आर्सनलले दश खेलाडीमा रहेर खेलेको थियो ।
जितपछि २२ खेलबाट ३९ अंक जोड्दै आर्सनल पाँचौ स्थानमा उक्लेको छ । वुल्भ्स २२ खेलबाट ३४ अंकसहित आठौं स्थानमा छ ।