६ इंग्लिस क्लबलाई युईएफले तिरायो जरिवाना

विवादित युरोपियन सुपर लिगका संस्थापक ६ इंग्लिस क्लबलाई युईएफएले जरिवाना तिराएको छ। युरोपियन सुपर लिगका संस्थापक ६ इंग्लिस क्लब चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहमलाई संयुक्त रुपमा २० मिलियन पाउण्ड जरिवाना तिराउने निर्णय गरेको हो।

यी ६ वटै क्लबले सुपर लिग विवादित बनेलगत्तै लिग छाड्ने घोषणा गरेका थिए। अब यी क्लब ३.३ मिलियन पाउण्ड युईएफलाई तिुर्नपर्ने छ। उसले क्लबहरुलाई आगामी दिनमा यस किसिमका समान फुटबल लिगमा सहभागी नहुन चेतावनी पनि दिइएको छ ।

युईएफएले यीमध्ये कुनै पनि क्लबले समान किसिमको कुनै अर्को फुटबल लिगमा सहभागी हुन सहमति जनाएमा उक्त क्लबले एक्लै २० मिलियन पाउण्ड जरिवाना तिर्नुपर्ने बताएको छ । उक्त क्लबको प्रिमियर लिग अंक ३० अंकले घटुवा हुने यईएफले जनाएको छ।

सुपर लिग अप्रिल १८ मा घोषण गरिएको थियो। तर, सोही दिनदेखि यो विवादमा पर्न थाल्यो। फुटबलको विश्व प्रशासकीय निकाय फिफाले प्रतिस्पर्धालाई मान्यता नदिने र युईएफएले भाग लिने खेलाडी र क्लबमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो।

संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका थिए। सुपर लिगबाट अन्य क्लबहरुले नाम फिर्ता लिए पनि बार्सिलोना, रियल मड्रिड र युभेन्ट्सले भने नाम फिर्ता लिएको छैन।

Facebook Comments Box