आर्सनलले एन्डरलेक्टबाट भित्र्यायो युवा मिडफिल्डर

इंग्लिस क्लब आर्सनलले बेल्जियन युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकान्गालाई अनुबन्धन गरेको छ। २१ वर्षीय मिडफिल्डर लोकोन्गालाई आर्सनलले अन्डरलेक्टबाट अबुनबन्धन गरेको हो।

लोकोन्गालाई भित्र्याउन लन्डन क्लब आर्सनलले १५ मिलियन युरोक खिर्चयो । लोकोन्गाले आर्सनलसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६सम्म आर्सनलमा रहने छन्।

एण्डरलेक्टकै एकेडेमीका उत्पादन लोकोन्गाले सन् २०१७मा सिनियर टिममा डेब्यु गरेका थिए । उनले सिनियर टिमबाट ७९ खेल खेल्दै ३ गोल गरेका छन्। उनले बेल्ज्यिमको यू–१७, यू–१९ र यू–२१ टिमबाट खेलिसकेका छन्।

Facebook Comments Box