लुइज र सेबायोस अझै १ वर्ष आर्सनलमै रहने

ब्राजिलियन डिफेन्डर डेभिड लुइज र स्पेनिस मिडफिल्ड ड्यानी सेबायोस अझे एक वर्ष इंग्लिस क्लब आर्सनलमै रहने भएका छन् । दुवैसँग आर्सनलले १ वर्ष सम्झौता नवीकरण गरेको छ ।

लुइज आर्सलनका स्थायी खेलाडी हुने भने सेबायोस स्पेनिस क्लब रियल मड्रिडबाट १ वर्षे लोनमा आर्सन आएका थिए । दुवै सम्झौता १ जुलाईमा सकिँदै छ ।

यसैगरी आर्सनलले डिफेन्डरद्वय सेड्रिक र पाब्लो मारीलाई स्थायी अनुबन्धन गरेको छ । सेड्रिक साउथह्याम्पटन र मारी ब्राजिलियन क्लब फेलेमेंगोबाट ६ महिने लोनमा आर्सनल आएका थिए । नयाँ सम्भौतापछि अब दुवै खेलाडी सन् २०२५ सम्म आर्सनलमा रहेन छन् ।

अघिल्लो सिजन चेल्सीबाट आएका ब्राजिलियन डिफेन्डिर लुइजसँग आर्सनलले थप १ वर्षको सम्झैता गरेको छ । ३३ वर्षीय लुइज सन् २०२१को जुलाई १ सम्म आर्सनलमा रहेन छन् । यस्तै आर्सननले रियल मड्रिडका मिडफिल्डल सेबायोससँग थप एक वर्ष लोन सम्झौता गरेको छ । उनी पनि सन् २०२१को जुलाई १ सम्म आर्सनलमा रहेन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *