नर्थ लन्डन डर्बीमा टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिगको नर्थ लन्डन डर्बीमा टोटनह्याम विजयी भएको छ । आइतका राति भएको नर्थ लन्डन डर्बीमा टोटनह्यामले आर्सनललाई २–१ले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा टोटनह्यामलाई जित दिलाउन ह्युङ सन मिन र टमी अल्भारोल्डले गोल गरे भने आर्सनलका अलक्सजान्डर लाकाजेटले गोल गरेका थिए ।

टोटनह्यामका घरेलु मैदानमा अग्रता आर्सनलले लियो । उसका लाकाजेटले १६औं करिब २५ यार्डबाट प्रहार गरेको बलले सिधै जाली जुमेको थियो । लगत्तै १८औं सनले आर्सलनका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै गोल गर्दै खेललाई बरारबीमा ल्याए ।

पहिलो हाफमै दुवै टिमले गोलका केही राम्रो अवसर सिर्जना गरेका थिए । तर कुनै गोल नहुँदा पहिलो हाफ १–१ गोलकै बराबरीमा सकियो । दोस्रो हाफमा आर्सनलले उत्कृष्ट खेल प्रदर्शन गर्दै टोटनह्यामलाई दबाबमा राखेको थियो । तर, ८१औं मिनेटमा डिफेन्डर अल्भारोल्ड सनको कर्नरमा गोल गरेपछि टोटनह्याम २–१ले विजयी भयो ।

खेलमा आर्सननले ६२ प्रतिशत बल पोजेसन बनाउँदै १२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, टोटनह्यामले १२ नै प्रहार गर्दा ७ सट फ्रेममा थियो ।

जितपछि टोटनह्याम आर्सनललाई नै पछि पर्दौ आठौं स्थानमा उक्लिएको छ । उसको ५२ अंक छ भने नवैं स्थानको आर्सनलको ५० अंक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.