बेन्फिाकालाई हराउँदै आर्सनल युरोप लिगको अन्तिम १६मा

प्रिमियर लिग क्लब आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम ३२ को दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिका माथि ३–२को जित निकाल्दै आर्सनल अन्तिम १६मा प्रवेश गरेको हो।

आर्सनलले समग्रमा ४–३को जित निकाल्यो । अघिल्लो साता बेन्फिकाको मैदानमा भएको खेल १–१को बराबरीमा सकिएको थियो।

ग्रीसको एथेन्समा भएको खेलमा आर्सनललाई जिन दिलाउन पिएरे अमेरिक औबामियाङले दुई गोल गरे भने किएरन टियर्नीले एक गोल गरे। बेन्फिकाका डिएगो गोनकाल्भेस र राफा सिल्भाले गोल गरे।

२१औं मिनेटमा औबामियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए भने ४३ औं मिनेटमा डिएगोले गोल गर्दै बेन्फिकालाई १–१ को बराबरीमा ल्याए ।

६१ औं मिनेटमा सिल्भाले गोल गर्दै बेन्फिकालाई २–१ को अग्रता दिलाए । तर, ६७ औं मिनेटमा किएरनले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८७ औं मिनेटमा औबामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.