बर्नलीसँग रोकियो आर्सनल

इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल बराबरीमा रोकिएको छ । शनिबार साँझ भएको खेलमा आर्सनल बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

बर्नलीको मैदानमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सलन अंक बाँड्न बाध्य भयो । खेलमा आर्सनलका पिर्रे एमेरिक औबामियाङले गोल गरेका थिए भने बर्नलीका क्रिस उडले गोल गरेका थिए ।

विलियनको पासमा छैठौं मिनेटमा गोल गर्र्दै औबामियाङले अर्सानललाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औं मिनेटमा क्रिस उडले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेलमा कुनै गोल नहुँदा आर्सन अंक बाँड्न बाध्य भयो।

खेलमा आर्सनलले ५९ प्रतिशत बल पोजेसन बनाउँदै १५ सट प्रहार गरेको थियो, जसमा ३ सट फ्रेममा थियो । यता, बर्नलीले ९ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

बराबरीपछि २७ खेलमा ३८ अंक जोडेको आर्सनल १०र्औं स्थानमा छ भने बर्नली ३० अंक जोडेर १५ औं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.