एफए कपको उपाधिका लागि आर्सनल र चेल्सी भिड्दै

इंग्ल्यान्डको सबैभन्दा पुरानो नकआउट फुटबल प्रतियोगिता एफएकपको फाइलन आज राति बेम्बलीमा हुँदै छ । उपाधिका लागि लन्डनका दुई क्लब चेल्सी र आर्सनल भिड्ने छन् ।

फाइनल राति १०ः १५ बजे हुने छ । फ्र्यांक लाम्पार्टको टिम चेल्सीले म्यान्चेस्टर युनाइटेड र मिकेल अर्टेटाको टिम आर्सनलले म्यान्चेस्टर सिटीलाई पराजित गर्दै फाइलन पुगेका हुन् ।

लाम्पार्ट र अर्टेटा दुवै प्रशिक्षण करिअरमा पहिलो उपाधिको खोजीमा छन् । अर्सनलका लागि यो फाइलन निकै महत्वपूर्ण छ । युरोपा लिगमा छनोट हुन असफल भएको आर्सनललाई युरोपा लिगमा खेल्नका लागि चेल्सीलाई हराउनै पर्ने हुन्छ ।

२१ पटक फाइलन पुगेको आर्सनललेसर्वाधिक १३ पटक कपको उपाधि उचालेको छ । उसका स्ट्राइकरद्वय पिर्रे एमेरिक औबामियाङ सिजनमा निकै लयमा छन् भने फरवार्ड एलेक्जेन्डर लाकाजेट्ट पनि निकै आत्मविश्वासी देखिएका छन् ।

आर्सनल प्रशिक्षक मिकेल अर्टेटा उपाधिका लागि कडा मिहेनत गर्ने बताउँछन् । उनी भन्छने, ‘म र मेरा खेलाडी सिजनको उपाधि चाहान्छौं । हामी लक्ष्यमा सफल हुनेमा विश्वस्त छु ।’ प्रिमियर लिगमा च्याम्पियन लिभरपुल र म्यान्चेस्टर सिटीलाई लगातार खेलमा पराजित गरेकाले पनि आर्सनल आत्मविश्वी देखिएको छ ।

अधिंकाश युवा खेलाडीको साथ पाएका चेल्सी प्रशिक्षक लाम्पार्ड पनि पहिलो उपाधिको खोजिमा छन् । चेल्सीले पछिल्ला केही खेलमा शानदार प्रदर्शन गरेको छ । बेम्बलीमा पनि सोही लय समाते चेल्सीलाई रोक्न आर्सनललाई निकै कठीन छ ।

चेल्सीले ८ पटक उपाधि उचालेको छ । २०१८ मा एफए कपको उपाधि दिलाउन ओलिभर जिरुड, मासोन माउन्ट र क्रिस्टियन पुलुसिच लाम्पार्टका मूख्य हतियार हुन् । जिरुडको फर्म र घाइते पुलुचिस र एनगोलो कोन्टो फाइनलका लागि तयार रहेकाले पनि चेल्सी उत्साहित छ ।

लाम्पार्डले आफ्ना खेलाडीमाथि निकै विश्वास रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामी तयार छौँ, अब प्रतिक्षा उपाधिको रहनेछ । केही खेलाडीको उच्च प्रदर्शनको अपेक्षा छ । उपाधि उचाल्ने विश्वस्त छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *