सानदार जितसहित आर्सनललाई ५ अंकको अग्रता

Read Time:1 Minute

लन्डन क्लब आर्सनलले सानदार जित निकालेको छ। बुधबार राति भएको खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनमाथि ४–० को फराकिलो जित निकालेको हो।

यो सानदार जितसँगै आर्सनलले शीर्ष स्थानमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। २५ खेलमा आर्सनलको ६० अंक छ भने समान खेलमा ५५ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ।

यता, आर्सनलसँगको एभर्टनलाई रेलिगेसन खतरा बढेको छ। एभर्टन २१ अंक जोडेर १८ औं स्थानमा छ।

आर्सनललाई जिताउन गाब्रिएल मार्टिनेलीले दुई तथा बुकायो साका र मार्टिन ओडेगार्डले समान एक गोल गरे।

घरेलु मैदान इमिरेट्स स्टेडियम लन्डनमा बुधबार राति ४०औं मिनेटमा बुकायो साकाको गोलबाट आर्सनलले सुरूआती अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० ले अघि बढाए। त्यसपछि ८०औं मिनेटमा मार्टिनेलीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आर्सनलको फराकिलो जित निश्चित गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वुल्भ्समाथि लिभरपुलको जित
Next post मछिन्द्रले जित्यो केपी ओली कप उपाधि
Close