आर्सनल र लेस्टरले खेले बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति भएको खेलमा आर्सनल र लेस्टरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलमा आर्सनलका पिर्रे अमेपिरक औबामियाङले गोल गरेका थिए भने लेस्टरका जिमी भार्डीले गोल गरेका थिए । खेलको २१औं मिनेटमा पिएरे एमरिक ओबामेयाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा जेमी भार्डीले लेस्टरका लागि बराबरी गोल फर्काउँदै लेस्टरलाई अंक दिलाए ।

आर्सनले खेलेका अन्त्य १० खेलाडीमा रहेर गर्‍यो । ७५औं मिनेटमा एडवार्ड एनकेइटाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा झरेको थियो । प्रिमियर लिगमा चैथो खेलपछि आर्सनल पराजित भएको हो ।

बराबरीपछि ३४ खेलबाट ५९ अंक रहेको लेस्टर चौथो स्थानमा छ । समान खेलबाट ५० अंक जोडेको आर्सनल सातौं स्थानमै यथावत छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.