प्रियिमर लिग आजबाट सुरु हुँदै

कोरोना भाइरसको कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग (इपिएल) आज रातिबाट सुरु हुँदै छ। तीन महिनापछि एस्टन भिल्ला र सेफिल्ड युनाइटेडबीचको खेलसँगै इपिएल सुरु हुने छ । खेल आज राति १०ः४५मा हुने छ ।

कोरोनाको महामरीपछि सुरु हुने इपिएल तेस्रो लिग हो । यसअघि जर्मन बुन्डेस लिगा मे १६ बाट सुरु भएको थियो भने ला लिगा जुन १२ बाट सुरु भएके थियो ।

इपिएलमा आजै राति अर्के खेल पनि हुने छ । राति १ बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन म्यन्चेस्टर सिटी र आसर्नल भिड्ने छन् ।

लिग सुरु गुर्नअघि सम्पूर्ण खेलाडी तथा स्टाफको कोरोना परीक्षण गरिएको थियो । अहिलेसम्म १० हजार बढीको कोरोना परीक्षण गर्दा १६ जनालाई कोरोना संक्रमण देखिएको थियो । जसमा टोटह्याम, नर्विच सिटी, बोर्नेमाउथ लगायतका क्लब खेलाडी पनि छन् । उनीहरुको नाम भने गोप्य राखिएको छ ।

इपिएलमा शुक्रबार नर्विच सिटी र साउथह्याम्पटन तथा टोटनह्याम र म्यान्चेस्टर युनाइटेड भिड्ने छन् भने शनिबार वाटफोर्डले लेस्टर सिटीको सामाना गर्दा आर्सनले ब्राइटनको सामाना गर्ने छ । यस्तै, शनिबार नै वेस्टह्याम र वुल्भ्स भिड्ने छन् । यस्तै शीर्ष स्थानको लिभरपुलले आइबार राति एभर्टनको सामाना गर्ने छ ।

लिगमा लिभरपुल ८२अंकका साथ शीर्ष स्थानमा छ । २५ अंक पछि रहेको म्यन्चेस्टर सिटीको ७५ अंकका साथ दोस्रो स्थानमा छ । ५३ अंक जोडेको लेस्टर सिटी तेस्रो ४८ अंकका साथ चेल्सी चौथो र ४५ अंक जोडेको म्यान्चेस्टर युनाइटेड पाँचा स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *