युरोपा लिग : आर्सनलले ओलम्पियाकोसलाई हरायो

युरोपा लिग फुटबलबको नकआउट चरणको पहिलो खेलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ । युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगअन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले ग्रीसको क्लब ओलम्पियाकोसमाथि ३–१को जित निकाल्यो।

आर्सनको जितमा मार्टिन ओडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले गोल गरे भने ओलम्पियाकोसका युसुफ एल अराबीले गोल फर्काए ।

खेलको ३४ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोल मात्र भयो भने दोस्रो हाफमा ३ गोल भयो । ५८औं मिनेटमा युसुफले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा एल्नेनीले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए ।

दोस्रो लेग आर्सनलको मैदानमा मार्च १८ मा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.