दुई आत्मघाती गोल गर्दा वेस्टह्यामले अर्सनलसँग अंक बाँड्यो, टोटनह्यामको सहज जित

पहिलो हाफमै लिएको ३–०को अग्रता जोगाउन नसक्दा प्रिमियर लिगमा आइतबार वेष्टह्याम आर्सनलसँग बराबरीमा रोकिएको छ। पहिलो हाफको ३२ मिनेटभित्र तीन गोल गरेको वेष्टह्याम २ आत्मघाती गोल गरेपछि ३–३ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो।

लण्डन स्टेडियममा भएको खेलको १५औं मिनेटमै जेस लिनगार्डले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । जारोर्ड बोवनले १७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ३२औं मिनेटमा टोमस साउसेकले गोल गर्दै वेष्टहमलाई ३–० को अग्रता दिलाए ।

३८औं मिनेटमा साउसेकले नै आत्मघाती गोल गर्दा आर्सनलले खेलमा फर्कने अवसर पायो । क्रेइग ढवसनले ६१औं मिनेटमा आत्मघाती गोल गरेपछि आर्सनल ३–२ को अवस्थामा पुग्यो । ८२औं मिनेटमा अलेक्जान्डर लाकाजेटले गोल गर्दै आर्सनलले खेल ३–३ को बराबरी अवस्था पुर्‍यायो । त्यसपछि थप गोल नहुँदा आर्सनल अंक खोस्न सफल भयो ।

बराबरीपछि वेष्टहमले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । २९ खेलबाट ४९ अंक जोडेको वेष्टहम पाँचौँ स्थानमै यथावत छ । समान खेलबाट ५१ अंकसहित चेल्सी चौथो स्थानमा छ । आर्सनल २० खेलबाट ४२ अंकसहित नवौं स्थानमा छ ।

यसैगरी आइतबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई २–० ले पराजित गरेको छ। एस्टनको मैदानमा टोटेनहमलाई जित दिलाउन कार्लोस भिनिसियस र ह्यारी केनले एक एक गोल गरे ।

२९औं मिनेटमा भिनिसियसले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६८ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए ।

जितसँगै टोटेनहमले २९ खेलबाट ४८ अंक जोडेको छ । टोटेनहम लिगको छैटौं स्थानमा रहेको छ । एस्टन ४१ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.