चेल्सीलाई हराउँदै आर्सनलले जित्यो एफए कप

लन्डन डर्बीमा चेल्सीलाई पराजित गर्दै आर्सनलले एफए कप उपाधि जितेको छ । सोमबार राति बेम्बली रंगशालामा भएको खेलमा चेल्सीविरुद्ध पुनरागमन जित निकाल्दै आर्सनलले कीर्तिमान १४औं पटक एफाए कप उपाधि जितेको हो ।

बेम्बलीले पहिलो हाफको सुरुवातमै १–०ले पछि परेको अवस्था उल्टाउँदै खेल आर्सनलले २–१ले जित्यो । शनिबार राति भएको खेल आर्सनलको जितमा गाबोनका स्ट्राइकर पिर्रे एमेरिक औबामियाङले दुवै गोल गरे भने चेल्सीको क्रिस्टियन पुलुसिच गोल गोल गरेका थिए ।

चेल्सीलाई खेलको पाचौं मिनेटमै गोल गर्दै पुलुसिचले अग्रता दिलाएका थिए । २८औं मिनेटमा औबामियाङलो गोल गर्दै आर्सनललाई खेलमा फर्काए । कप्तान एप्लिजिक्वेटाले औबामियाङलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा उनले गोल गरेका थिए ।

६७औं मिनेटमा निकोलस पेपेको पासमा औबामियाङले उत्कृष्ट फिनिसिङ गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल नहुँदा आर्सनल विजयी भयो ।

आर्सलनविरुद्ध उत्कृष्ट प्रदर्शन सुरुवात गरेको चेल्सी दुई खेलाडी घाइते हुँदै मैदान छाड्न बाध्य भएपछि दबाबमा आएको थियो । पहिलो हाफमै ह्यामिस्ट्रिङका कारण कप्तान सेसर एप्लिजिक्वेटालाई गुमाएको चेल्सीले दोस्रो हाफकै सुरुवातमै स्ट्राइकर पुलुसिचलाई ह्यामिस्ट्रिङकै कारण गुमाएको थियो ।

चेल्सीले खेलको अन्त्य ९ खेलाडीमा रहेर गरेको थियो । उसका ७३औं मिनेटमा माटियो काभासिचले दोहोरो पहेँलो कार्ड खाँदै मैदान मैदान छाडेको थिए भने इन्जुरी समयको अन्तिम मिनेटमा सफ्टिच्यूट खेलाडी पोड्रोले काँधमा चोट बोकेपछि चेल्सी ९ खेलाडीमा समीति बनेको थियो ।

यो जितसँगै आर्सननले एफए कप फाइनलमा चेल्सीविरुद्ध शतप्रतिशत जित कयमै राख्यो । आर्सनलले चेल्सी एफए कप फाइलनमा ४ पटक हराएको छ ।

गत जनवरीमा आर्सनल आएका मिकेल अटेर्टाले ७ महिनामै टिमलाई च्याम्पियन बनाए । यो उनको प्रशिक्षण करिअरको पहिलो उपाधि हो । यो उपाधिसँगै आर्सनल युरोपा लिगका लागि पनि छनोट भएको छ । यस्तै अर्टेटा आसर्ने वेंगरपछि आर्सलनलाई एफएकप जिताउने पहिलो प्रशिक्षक बनेका छन् ।

प्रशिक्षकका रुपमा एफए कप जिते आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा चौथो स्पेनिस हुन् । त्यसअघि राफल बेनिटेजर, रोबेर्टो मार्टिनेज र पेप ग्वार्डिओलाले जितेका थिए । आर्सनलको कप्तान र प्रशिक्षकका रुपमा एफए कप जित्ने आर्टेटा पहिलो व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *