एसियाड फुटबलमा नेपालको जितविहीन यात्रा अझै टुंगिएन

एसियाली खेलकुदमा पुरुष फुटबलतर्फ नेपाल अझै जितबिहीन नै रहेको छ । नेपालले एसियाडमा सन् १९८२ मा भारतमा भएको १० औं एसियाडदेखि सहभागिता जनाउन थालेको थियो ।

एसियाडको पुरुष फुटबलमा नेपालले ६ पटक प्रतिस्पर्धा गरेको छ । ३६ वर्षमा नेपालले एसियाडमा १७ खेल खेलेको छ, तर जित भने अझै निकाल्ने सकेको छैन ।

इन्डोनेसियामा जारी एसियाली खेदकुद (एसियाड) मा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिम समूहका तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । सूमह डीमा रहेको नेपाल पहिलो खेलमा जापानसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भियतनामसँग २–०ले पराजित भएको थियो । आइबार भएको पाकिस्तानविरुद्धको तेस्रो खेलमा पनि नेपाल २–१ ले पराजित भयो ।

सन् १९८२ मा नेपालले पहिलो पटक एसियाडमा फुटबलमा सहभागिता जनाएको थियो । १० औं एसियाडमा इराक, बर्मा, कुवेत र दक्षिण यमनसँगै नेपाल समूह बीमा थियो । समूहका सबै खेलमा पराजित भएको नेपाल अंकतालिकाको पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो ।

एसियाडको पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेल नेपालले इराकसँग ३–० ले गुमाएको थियो । यस्तै, अन्तिम खेलमा पनि नेपाल बर्मासँग ३–० ले नै पराजित भएको थियो । दक्षिण यमनले भने प्रतियोगितबाट नाम फिर्ता लिएको थियो ।

सन् १९८२ मा कोरियामा भएको ११ औं एसियाडमा पनि नेपाल समूहका तीनै खेलमा पराजित भएको थियो । सिउल एसियाडमा नेपाल जापान ५–०, कुवेतसँग ५–० र बंगलादेशसँग १–० ले पराजित भएको थियो । त्यस्तै, प्रतियोगिताको अन्तिम खेलमा नेपाल इरानसँग ६–० ले पारजित हुँदै प्रतियोगितबाट बाहिरिएको थियो ।

यसैगरी जापानले आयोजना गरेको सन् १९९४ को १३औं एसियाडमा नेपमला दक्षिण कोरिया, कुवेत, ओमान र प्यालेस्टानइ रहेको समूह सीमा थियो । हिरोसियामा भएको प्रतियोगितामा नेपाल दक्षिण कोरियासँग ११–०, कुवेतसँग ८–० र ओमान १–० ले पराजित भएको थियो । प्यालेस्टाइनले प्रतियोगितबाट नाम फिर्ता लिएको थियो ।

सन् १९९८ थाइल्यान्डमा भएको १४औं एसियाडमा पनि नेपाल आफ्ना सबै खेलमा पाराजित भयो । समूह सीमा रहेको नेपाल जापानसँग ५–० र भारतसँग १–० ले पराजित भएको थियो ।

यस्तै, दक्षिण कोरियाले आयोजना गरेको सन् २०१४ को एसियाडमा पनि नेपाल समूहका दिनै खेलमा पराजित भयो । इराक, कुवेत र जापान रहेको समूहमा रहेको नेपाल इराकसँग ४–०, कुवेतसँग ४–० र जापानसँग ५–० ले पराजित भएको थियो ।

३६ वर्षपछि पहिलो गोल
एसियाली खेलकुद (एसियाड) पुरुष फुटबलमा गोलका लागि संघर्ष गर्दै आएको नेपालले ३६ वर्षपछि पहिलो गोल गरेको छ । इन्डोनेसियामा जारी १८औं एसियाडको फुटबलमा समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध गोल गर्दै नेपालले ३६ वर्ष पछि गोल गरेको हो ।

इन्डोनेसियामा जारी एसियाडमा नेपाललाई गोलको खडेरी तोड्न आत्माघाती गोलको साहरा लिनु प¥यो । पाकिस्तानविरुद्ध जारी खेलको ११ औं मिनेटमा पाकिस्तानका युनस सहबाजले आत्माघाती गोल गर्दै एसियाडमा नेपालको गोलको खडेरी तोडे ।
सन् १९८२ को नवौँ एसियाडमा भारतको नयाँदिल्लीमा भएको कुवेतविरुद्ध एक गोल गरेयता नेपालले एसियाडमा गोलविहीन छ । त्यसबेला नेपकाल वाईबी घलेले गोल गरेका थिए ।

एसियाडको ६ संस्करणमा प्रतिस्पर्धा गरेको नेपालले १८ खेल खेलेको छ । जसमा विपक्षीले नेपालको पोस्टमा ७० गरेका छन् भने नेपालले विपक्षीको पोष्टमा २ गोल मात्र गरेको छ ।

नेपाल पाकिस्तासँग २–१ ले पारजित
एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा समूहचरणको अन्तिम खेलमा नेपालपाकिस्तानसँग २–१ ले पराजित भयो । पाट्रिओट चन्द्रावाग रंगशालामा खेलको ११औँ मिनेटमा लिएको अग्रता रक्षा गर्न नसक्दा नेपाल पाकिस्तानसँग पराजित भएको हो ।

खेलमो ११औं मिनेटमा युनस सहबाजको आत्मघाती गोल मार्फत नेपालले खेलमा अग्रता लिएको थियो । खेलमा नेपाललाई दबाबमा राखेको पास्कितानका लागि मुहमद विलालले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । विलालले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ७२औं मिनेटमा पाकिस्तानका कप्तान सद्दाम हुसैनले गोल गर्दै पाकिस्तानलाई २–१ले अग्रता दिलाएका थिए । हुसैनलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा हुसैनले गोल गरेका थिए । नेपाली खेलाडीले पाएका थुप्रै मौका चुकाउँदा नेपाल एसियाडमा पहिलो जित निकाल्नबाट वञ्चित भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP