नेपाली चेली अस्मिता आले एस्टन भिल्लाको सिजनको उत्कृष्ट खेलाडी

नेपाली चेली अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लाको महिला टिमको ‘प्लेयर अफ दी इयर’ घोषित भएकी छिन् । महिलाको शीर्ष डिभिजन वुमन्स सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्मिता यो सिजनको भिल्लाको उत्कृष्ट खेलाडी बन्न सफल भएकी हुन्।

इंग्ल्यान्डमै बसोबास गर्दै आएकी डिफेन्डर अस्मिता भोटिङका आधारमा वर्ष उत्कृष्ट खेलाडी चयन भएको भिल्लाले ट्विरमा उल्लेख गरेको छ।

१९ वर्षीय अस्मिता सन् २०१८ देखि निरन्तर एस्टन भिल्लको सिरिनय टिममा खेल्दै आइरहेकी छिन् । उनले ४६ खेल खेल्दै २ गोल समेत गरेकी छिन् ।

उनी इंग्ल्यान्डको उमेर समूहको महिला टिमकी नियमित सदस्य पनि हुन् । उनले यू–१७ बाट १३, यू–१८ बाट ७ र यू–१९ टिमबाट ४ खेल खेलिसकेकी छिन् ।

Facebook Comments Box