
एस्टन भिल्लाले लेस्टर सिटीलाई हरायो
स्टेफन जोरार्डले प्रशिक्षण सम्हालेलगत्तै एस्टन भिल्लाले आफ्नो लय समातेका छ। लिगका खराब प्रदर्शन गरेपछि डियन स्मिथलाई बर्खास्त गर्दै भिल्लाले जेरार्डलाई प्रशिक्षक बनाएको थियो।
जेरार्डको प्रशिक्षणमा भिल्लाले ४मध्ये ३ खेल जितेको छ । ऊ म्यान्चेस्टर सिटीसँगमा २–१ले पारजित भएको थियो।
आइतबार राति भएको एस्टन भिल्लाले लेस्टर सिटीमाथि २–१को जित निकाल्यो । लेस्टरविरुद्ध भिल्लाले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो।
घरेलु मैदानमा भिल्लालाई जित दिलाउन इर्जी कोन्साले दुवै गोल गरे भने लेस्टर सिटीका हार्वी ब्रन्सले गोल गरेका थिए। १४औं मिनेटमा ब्रन्सको गोलमा लेस्टरले अग्रता लियो । तर, त्यसको ३ मिनेटपछि नै भिल्लाले बराबरी गोल फर्कायो । १७औं मिनेटमा उसका कोन्साले गोल गरेका थिए।
त्यसपछि ५४औं मिनेट िभल्लाका कोन्साले नै गोल गर्दै टिमलाई २–१को अवस्थामा ल्याए । त्यसपछि खेलमा गोल नहुँदा भिल्ला विजयी भयो।
खेलमा लेस्टरलाई हराएको भिल्लाले अंक तालिकामा पनि लेस्टरलाई पछाडि छाड्यो । १९ अंक जोडेको भिल्ला १०औं स्थानमा छ भने १९ अंक नै जोडेको लेस्टर ११औं स्थानमा छ।