एस्टन भिल्लाले भित्र्यायो स्ट्राइकर इंग्स

आफ्ना स्ट्रार खेलाडी ज्याक ग्रेलिसले क्लब छाड्ने पक्का भएपछि एस्टन भिल्लाले इंग्लिस स्ट्राइकर ड्यानी इंग्सलाई अनुबन्धन गरेको छ। प्रिमियर लिगमा पछिल्ला केही सिजन यता उत्कृष्ट प्रदर्शन गरिरहेका इंग्सलाई भिल्लाले साउथह्याम्पटनबाट अनुबन्धन गरेको हो।

२९ वर्षीय इंग्सले भिल्लासँग ३ वर्षको सम्झाता गरेका छन्। अब उनी स्न २०२४ सम्म भिल्लामा रहने छन्। उनको अनुबन्धन रकम नखुलाइएपछि भिल्लाले इंग्सका लागि ३० मिलियन युरो खर्चिएको बताइएको छ।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका इंग्सले साउथह्याम्पटनका लागि १ सय खेल खेल्दै ४६ गोल गरेका छन् । उनले अघिल्लो सिजन १३ गोल गरेका थिए । यस्तै, उनले लिभरपुलबाट २५ खेलमा ४ गोल र बर्नेलीबाट १३० खेलमा ४३ गोल गरेका छन्।

भिल्लाले बुधबारमात्रै बायर लेभरकुसनका युवा विंगर लियोन बेलीलाई ३० मिलियन युरोमा अनुबन्धन गरेको थियो

Facebook Comments Box