एस्टन भिल्लाले भित्र्यायो युवा विंगल लियोन बेली

प्रिमियर लिग क्लब एस्टन भिल्लाले जमैकन युवा विंगर लियोन बेलीलाई अनुबन्धन गरेको छ । उसले जर्मन क्लब बायर लेभरकुसनबाट ३० मिलियनर पाउण्डमा बेलीलाई अनुबन्धन गरेको हो।

२३ वर्षीय जमैकन विंकगर बेलीले एस्टन भिल्लासँग ४ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२५ सम्म भिल्लामा रहने छन्।

आफ्ना स्टार खेलाडी ज्याक ग्रेलिस क्लब छाड्ने पक्का भएपछि भिल्लाले बेलीलाई अनुबन्धन गरेको हो। बेलीले अघिल्लो सिजन लेभरकुसनबाट उत्कृष्ट प्रदर्शन गरेका थिए।

सन् २०१७मा बेल्जियन क्लब जिंकबाट लेभरकुन आएका बेलीले त्यसयता २३१ खेल खेल्दै ५५ गोल गरेका छन् ।

Facebook Comments Box