एट्लान्टासँग नापोली स्तब्ध

इटालियन सिरी एमा एट्लान्टाले नापोलीलाई पराजित गरेकोको छ । बिहीरका राति भएको खेलमा एट्लान्टाले नापोलीमाथि २–०को जित निकालेको हो ।

यो जितसँगै एट्लान्टाले पुनः च्याम्पियन्स लिग खेल्ने सम्भावनालाई बलियो बनाएको छ । जितपछि एटलान्टाले पाँचौ स्थानको रोमासँग १२ अंकको अग्रता बनाएको छ । २९ खेलबाट ६० अंकसहित एटलान्टा चौथो स्थानमा छ । समान खेलबाट रोमाको ४८ अंक छ भने ४५ अंक रहेको नापोली छैटौं स्थानमै यथावत छ ।

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लान्टा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगिसेकको छ । एट्लान्टाको यो पहिलो च्याम्पियन्स लिग सहभागीता हो, र उ पहिलो पटक नै अन्तिम ८ मा पुग्न सफल भयो । एट्लान्टाले अन्तिम १६मा सेभियालाई पराजित गरेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवाती दश मिनेटभित्र दुई गोल गर्दै एट्लान्टाले जित निकाल्यो । घरेलु मैदानमा भएको खेलको ४७औं मिनेटमा मारियो पलासिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा रोविन गोसेन्सले एटलान्टाका लागि दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै गोल नहुँदा एट्लान्टा विजयी भयो ।

यसैगरी बिहीबार राति नै भएका अन्य खेलमा भेरोनाले पार्मालाई ३–२ले हराउँदा एएस रोमा उडिनेससँग २–०ले पराजित भयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.