बिल्बाओ कोपा डेल रेको सेमिफाइनलमा

एथ्लेटिक बिल्बाओ स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियल बेटिसलाई पेनाल्टी सुटआउटमा ४–१ले हराउँदै बिल्बाओ कोपा डेलरेको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय र थप गरिएको सयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बिल्बाओका राहुल गार्सिया, इन्हाकी विलियम्स, जोन मोर्सिलो र युरी बेर्चिचीले गोल गर्दा बेटिसका आइस माण्डीलेमात्र गोल गरे । उसका सर्जियो कानालेस र जानमीले गोल गर्न सकेनन् ।

निर्धारित समयमा ८४ औं मिनेटमा जानमीले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा गार्सियाले गोल गर्दै बिल्बाओलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

बिल्बाओसँगै सेभिया, बार्सिलोना र लेभान्टे पनि कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् । क्वार्टरफाइलनमा सेभियाले अल्मेरियालाई, बार्सिलोनाले ग्रानडा तथा लेभान्टेले भिल्लारियललाई हराएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.