बार्सिलोनाको खराब प्रदर्शन, कोपा डेल रेको अन्तिम १६बाटै बाहिरियो

Read Time:1 Minute

बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ। एथलेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै बार्सिलोना अन्तिम १६ बाटै बाहिरिएको हो।

बिहीबार राति सम्पन्न खेलमा बिल्वाओका लागि इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे भने बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरेका थिए।

दोस्रो मिनेटमै इकर मुनिएनको गोलबाट बिल्वाओले अग्रता लिएको थियो। २०औं मिनेटमा टोरेसले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। उनले कप्तान सर्जियो बुस्क्वेट्सको पासमा क्लबका लागि डेब्यु गोल गरे।

८६औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्वाओलाई जिततर्फ अग्रसर गराए। तर, इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेड्रीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि अतिरिक्त समयमा लम्बिएको खेलको १०५औं मिनेटमा इकर मुनिएनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे। त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुन सफल भयो ।

यो सिजन बार्सिलोना तीन उपाधिबाट वञ्चित बनिसकेको छ। गत डिसेम्वरमा बोका जुनियर्ससँग म्याराडोना कपको फाइनल गुमाएको बार्सिलोनाले यसै महिना रियल म्याड्रिडसँग पराजित हुँदै स्पेनिस सुपर कपको उपाधि पनि गुमाइसकेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हाजार्ड र इस्कोको गोलमा रियल कोपा डेल रेको अन्तिम आठमा
Next post जोटा चम्किँदा लिभरपुल कारबाओ कपको फाइनलमा
Close