सन् २०१६ देखि ला लिगाका सबैखेल खेलका विलियम्सको नयाँ रेकर्ड

स्पेनिस स्ट्राइकर इनाकी विलियम्सले ला लिगामा नयाँ कीर्तिमान बनाएका छन् । सन् २०१६मा एथ्लेटिको बिल्बाओका लागि ला लिगामा डेब्यू गरेयता हरेक खेल खेलेका विलियम्सले लागतार २०३ खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

शुक्रबार राति भएको अलाभेसविरुद्धको खेल खेल्दै २७ वर्षीय विलियम्सले यस्तो कीर्तिमान बनाएका हुन् । यसक्रममा उलने रियल सोसिडाडका पूर्वडिफेन्डर एन्थोनी लारंगाको कीर्तिमान तोडे। लारंगाले सन् १९८६ देखि १९९२ सम्म लागतरा २०२ खेल खेलेका थिए।

विलियम्सले २०१६ अप्रिल २०मा एट्लेटिको मड्रिडविरुद्ध खेल्दै ला लिगामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लागिका कुनै पनि खेल गुमाएका छैनन्। यसअवधिमा विलियम्सलने ३९ गोल र २५ असिस्ट गरेका छन् ।

Facebook Comments Box