सिरि एमा एट्लान्टासँग हार्यो युभेन्टस, इन्टर मिलान विजयी
Read Time:1 Minute
इटालियन सिरि ए युभेन्ट्सले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स एट्लान्टासँग घरेलु मैदानमा १–०ले पराजित भयो ।
जारी सिजन १४ खेलमा युभेन्ट्सको यो पाँचौं हार हो । उ अंकतालिमा २१ अंकसहित आठौं स्थानमा छ।
युभेन्टसविरुद्ध एटलान्टालाई जित दिलाउन डुभान जापाटाले निर्णायक गोल गरे । उनले २८औं मिनेटमा गोल गरेका थिए । खेलमा बल पोजेसन राम्रो बनाएपछि युभेन्टसले गोल गर्न सकेन।
यस्तै, अर्को खेलमा इन्टर मिलान विजयी भएको छ। उसले भनेजियालाई उसकै मैदानमा २–०ले हरायो । इन्टरको जितमा हाकन चालहानोग्लु र लाउटोरो मार्टिनेजले गोल गरेका थिए।
जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेका नापोली र एसी मिलानको समान ३२ अंक छ ।