मड्रिड डर्बीमा एट्लेटिकोसँग हार्‍यो रियल

Read Time:1 Minute

ला लिगाअन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी खेलमा रियल मड्रिड एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएको छ । घरेलु मैदानमा प्राप्त यस जितपछि एट्लेटिकोले शीर्ष चारमा स्थान पकड रख्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्कोले खेलको ४०औं मिनेटमा पेनाल्टीमार्फत निर्णयाक गोल गरे।

जितपछि ३५ खेलबाट ६४ अंक जोडेको एट्लेटिकोले चौथो स्थानमा पकड बनाएको छ । लिगमा अब ३ खेल बाँकी रहँदा पाँचौ स्थानको बेटिसभन्दा एट्लेटिको ६ अंकले अघि छ । एट्लेटिकोसँग हारेपनि रियल मड्रिडले यसअघि नै शीर्ष स्थानमा रहेर उपाधि पक्का गरिसकेको छ । रियलको ८१ अंक छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post २ दशकपछि नान्ट्सले जित्यो फ्रेन्च लिग कप
Next post उपाधि होडमा सिटी बलियो, लिभरपुलमाथि ३ अंकको अग्रता
Close