एट्लेटिको उपाधितर्फ अग्रसर

एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको उपाधितर्फ अग्रस भएको छ। लिगका दुई चरणमा मात्र बाँकी रहेको अवस्थामा बुधबार राति भएको रियल सोसिडाडमाथि २–१को जित निकाल्दै एट्लेटिको सने २०१४ पछि पहिलो पटक उपाधि नजिक पुगेको हो।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा जित निकालेपछि शीर्ष स्थानमा एट्लेटिकोले ४ अंकको अग्रता बनाएको छ। ३६ खेलमा उसको ८० अंक भएको छ भने दोस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ भने एक खेल कम खेलेको तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता लिये । त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल गर्दै एट्लेटिको अग्रता दोब्बर बनाए ।

सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो। खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोल गर्दै सोसिडाडलाई खेलमा फर्काउने प्रयास गरे, त्यसपछि गोल नहुँदा एट्लेटिको विजयी भयो।

Facebook Comments Box