सेल्टाभिगोसँग रोकियो एट्लेटिको

स्पेनिस ला लिगामा लिग लिडर एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिग लिडर एट्लेटिको मड्रिड सेल्टाभिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा लुइस सुआरेजले २ गोल गरेपनि टिमलाई जित दिलाउन भने सकेनन् । सेल्टाभिगोका सान्टी मिना र फाकुन्डो फेरेराले गोल गरेका थिए ।

एट्लेटिकोको मैदानमा अग्रता सेल्टाभिगो लियो । उसका सान्टी मिनाले १३औं मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, पहिलो हाफ सकिँनै लाग्दा सुआरेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५०औं मिनेटमा सुआरेजले नै गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । यसैसिजन बार्सिलोना छाड्दै एट्लेटिको आएका सुआरेजले १६ गोल गरिसकेका छन् । उनी ला लिगको सार्वधिक गोलकर्ता हुन । तर, खेलको ८९ औं मिनेटमा फेरेराले गोल गर्दै खेल २–२ को बराबरीमा आयो ।

बराबरीसँगै एट्लेटिकोले २१ खेलमा ५१ अंक जोडेको छ, र उ शीर्ष स्थानमा यथावत नै छ । उसले दोस्रो स्थानको बार्सिलोनासँग ८ अग्रता बनाएको छ । सेल्टाभिटो २६ अंक जोडेर १० औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.