बार्सिलोनामाथि एट्लेटिको मड्रिडको सानदार जित

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लुइस सुआरेज र थोमस लेमारको गोल मद्दतमा एट्लेटिकोलो बार्सिलोनालाई २–०ले हरायो।

एट्लेटिको बार्सिलोनाविरुद्ध दुवै गोल पहिलो हाफमा गरेको थियो । दुवै गोलमा सुआरेज, लेमार र जोआ फेलिक्सको संलग्नता थियो।

२३औं मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाए । उनले सुआरेजको पाासमा गोल गरेका थिए । ४४औं मिनेटमा लेमारको पासमा सुआरेजले गोल गर्दै पहिलो हाफमै बार्सिलोनाविरुद्ध एट्लेटिकोलाई २–०को अग्रता दिलाए। यी दुवै गोलमा ‘कि’ पास भने जोआ फेलिसक्सको थियो।

पहिलो हाफमा पूर्ण रुपमा दबाबमा परेको बार्सिलोनाले दोस्रो हाफमा भने सुधारिएको खेल प्रदर्शन गरेको थियो । तर, उसले गोल भने गर्न सकेन । खेलमा बार्सिलोनाले ७१ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा ९ सट प्रहार गर्दा २ सट फ्रेममा थियो भने एट्लेटिको ६ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा ओसासुना र रियल मालोर्का विजयी भए । ओसासुनाले रायो भालेकानो र मालोर्काले लेभान्टेमाथि समान १–०को जित निकाले । यस्तै, कार्डिचले भ्यालेन्सियालाई गोलरहित बराबरीमा रोकेको छ।

Facebook Comments Box