ला लिगा : एट्लेटिको पराजित, भ्यालेन्सिया रोकिँदा सेभिया विजयी

स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन एट्लेटिको मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा एट्लेटिको अलाभेससँग १–०ले पारजित भएको हो। जारी सिजन एट्लेटिकोको यो पहिलो हार हो।

एट्लेटिकोविरुद्ध अलाभेसलाई जित दिलाउन लागुर्डियाले निर्णायक गोल गरे। उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए।

यसैगरी घरेलु मैदानमा भ्यालेन्सिया बराबरीमा रोकिएको छ। इन्जुरीक समयको पाँचौं मिनेटमा मार्कोस आन्द्रेले गोल गरेपछि भ्यालेन्सिया एथ्लेटिको क्लबकोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

६९औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै एथ्लेटिको क्लबलाई सुरुआती अग्रता दिलाए। ८२औं मिनेटमा म्याक्सी गोमेजले रातो कार्डपाएपछि भ्यालेन्सिया १० खेलाडीमा समेटियो । तर, इन्जुरी समयको पाँचौं मिनेटमा मार्कोस आन्द्रेले गोल गर्दै भ्यालेन्सियालाई हारबाट जोगाए।

यस्तै, ला लिगाकै अर्को खेलमा सेभिया विजय िभएको छ। १० खेलाडीमा समेटिएको सेभियाले इस्पानियोलमाथि २–०को जित निकाल्यो ।

सेभियाको जितमा युसुफ इन नेसरीले १३औं र राफा मिरले ८७औं मिनेटमा गोल गरेका थिए। ६५औं मिनेटमा थोमस डेलानीले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो।

Facebook Comments Box