पोर्टोलाई हराउँदै एट्लेटिको अन्तिम १६मा, लिभरपुलको सतप्रतिशत जित

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६मा प्रवेश गरेको छ। मंगलबार राति भएको तबनापूर्ण खेलमा एट्लेटिकोले पोर्चुगिज क्लब पोर्टोमाथि उसकै मैदानमा ३–१को जित निकाल्यो ।

समूह बीबाट अन्तिम १६मा पुग्न एट्लेटिकोलाई जित्नै पर्ने दाबब थियो । पोर्टोमाथि जितले एट्लेटिको दोस्रो हुँदै नकआउट चरण पुग्यो । तीन खेलाडीले रेडकार्ड पाएको खेलमा एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एंगल कोरेया र रोड्रिगो डे पाउलले गोल गरे भने पोर्टोका सर्जियो ओलिभिएराले गोल गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५६औं मिनटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता लियो । खेलमा अधिकांश समयमा एट्लेटिकोलाई पोर्टोले दबाबमा राखेको थियो। ६७औं मिनेटमा यानिक करास्कोले रेडकार्ड पाएपछि एट्लेटिको झन दबाबमा आयो ।

तर, घरेलु मैदानमा ५ मिनेट अन्तरमा दुई खेलाडीले रेडकार्ड पएपछि पोर्टो दबाबमा आयो। ७०औं मिनेटमा उसका विन्डेल र ७५औं मिनेटमा अगुस्टिन मार्चेसिनले रेडकार्ड पाएका थिए । त्यसको फाइदा एट्लेटिको उठायो। ९०औं मिनेटमा कोरेयाले एट्लेटिकोको अग्रता दोब्बर बनाए ।

त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा रोड्रिगो डे पाउलले गोल गरेपछि एट्लोटिको सहज जिततर्फ अग्रसर भयो । इन्जुरी समयके छैठौं मिनेटमा ओलिभएराले पेनाल्टीमा गोल गरेपनि टिमलाई नकआउट चरणमा पु¥याउन सकेनन् ।

समूह बी कै अर्को खेलमा जित निकाल्दै इंग्लिस क्लब लिभरपुलले समूहचरणमा शतप्रतिशत नतिजा निकाल्यो । मंगलबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि १ गोलले पछि परेको अवस्था उल्टाउँदै २–१को जित निकाल्यो ।

लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोग ओरिगीले गोल गरे भने मिलानका लागि फिकायो टोमोरीले गोल गरेका थिए । खेलमा अग्रता मिलानले लियो। उसका टोमोरीले २८औं मिनेटमा गोल गरेका थिए। ३६औं मिनेटमा मोहम्मद सलाहल गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५६औं मिनेटमा ओरिगीले गोल गरेपछि लिभरपुल विजयी भयो।

यो सिजतसँगै समूह बीबाट अपराजित रहँदै लिभरपुल नकआउट चरण पुग्यो । उसले ६ खेलमा १८ अंक जोड्यो । यस्तै, ७ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो हुँदै अन्तिम १६मा पुग्दा ५ अंकसहित तेस्रो बनेको पोर्टो युरोपा लिगमा पुगेको छ। एसी मिलान भने ४ अंकसहित पुछारमा रह्यो।

Facebook Comments Box