अर्जेन्टिनी मिडफिल्डर डे पाउल एट्लेटिकोमा

स्पेनिस क्लब एट्लेटिको मड्रिडले अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डे पाउललाई अनुबन्धन गरेको छ । भर्खरै सम्पन्न कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको डे पाउललाई एट्लेटिकोको इटालियन क्लब उडिनेसबाट ३५ मिलियन युरोमा भित्र्याएको हो।

२७ वर्षीय डे पाउलले ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडसँग ५ वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२६सम्म मेन्ट्रोपोलिटानामा रहने छन्।

२८ वर्षपछि अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । फाइनलमा ब्राजिलविरुद्ध एन्जेल डि मारियाले उनकै उत्कृष्ट पासमा गोल गरेका थिए ।

सन्२०१२ मा अर्जेन्टिनाको रेसिङ क्लबाट प्रोफेसनल करियर शुरु गरेका डे पउल २०१४ मा स्पानिस क्लब भ्यालेन्सियामा आबद्ध भएका थिए । भ्यालेन्सियाबाट उनी २०१६ मा इटालियन क्लब उडिनेसे पुगेका थिए ।

उडिनेसबाट उनले १८४ खेलमा खेल्दै ३४ गोल र ३६ असिस्ट गरेका थिए।

Facebook Comments Box