ब्राजिलियन युवा स्ट्राइकर कुन्हा एट्लेटिको मड्रिडमा

Read Time:1 Minute

टोक्यो ओलम्पिकको स्वर्ण विजेता ब्राजिलियन युवा स्ट्राकइर म्याथुज कुन्हा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा आबद्ध भएका छन्। २२ वर्षीय स्ट्राइकर कुन्हालाई एट्लेटिको मड्रिडले जर्मन क्लब हेर्था बर्लिनबाट अनुबन्धन गरेको हो।

एट्लेटिकोले कुन्हालाई ३० मिलियन युरोमा किनेको हो। कुन्हाले एट्लेटिकोसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२६ सम्म एट्लेटिकोमा रहनेछन्।

भर्सटायल खेलाडी कुन्हा सन् २०२०मा मात्र आरबी लेइपजिगबाट बर्लिन आएका थिए । त्यहाँ उनले ३९ खेल खेल्दै १३ गोल गरेका थिए ।

कुन्हा सन् २०१७मा १८ वर्षमै स्वीस क्लब सिओनमा आबद्ध भएका थिए । त्यहाँ उनले ३२ खेल खेल्दै १० गोल गरेका थिए । त्यसको एक वर्षपछि उनी उनी जर्मन क्लब आरबी लेइजिगमा आबद्ध भए । त्यहाँ उनले २ सिजनमा ५२ खेल खेल्दै २ गोल गरेका थिए ।

स्पेनलाई हराउँदै ब्राजिलले टोक्यो ओलम्पिकको उपाधि जित्दा कुन्हा मुख्य खेलाडी थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला टिमका मुख्य प्रशिक्षक फिलिप्स भन्छन्– खेलाडीहरू उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्
Next post नेपाली टिमले साफ च्याम्पियन्सको तयारी कतारमा गर्ने
Close