एट्लेटिकोका विंगर फेलिक्सलाई कोरोना संक्रमण

Read Time:1 Minute

स्पेनिस क्लब एट्लेटिको मड्रिडका पोर्चुगिज विंगर जोआ फेलिक्सलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एट्लेटिकोले एक विज्ञप्ति जारी गर्दै आफ्ना पोर्चुगिज विंगर फेलिक्सलाई कोरोना संक्रमण देखिएको जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि २१ वर्षीय फेलिक्स घरमै सेल्फ आइसोलेसनमा बसेका छन् । अब फेलिक्सले ला लिगाअन्तर्गत सेल्टा भिगोविरुद्धको खेल गुमाउने छन् ।

यो सिजन फेलिक्सले एट्लेटिकोका लागि २४ खेल खेल्दै ९ गोल गरेका छन् । उनले ला लिगामा १७ खेलमा ६ गोल गरेका छन् ।

ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको एट्लेटिको मड्रिड उपाधिको दौडमा अघि छ । उसले १९ खेलमा ५० अंक जोडेको छ र एक खेल बढी खेलेको दोस्रो स्थानको बार्सिलोनालाई १० अंकले पछाडि छाडेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विराटनगरले पुलिसलाई हरायो, चौदण्डीगढीको पोस्टमा आर्मीको दर्जन गोल
Next post प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रम सुरु
Close