मेसीले गोल गर्दा पनि हार्‍यो बार्सिलोना, एट्लेटिको फाइनलमा

बार्सिलोना स्पेनिस सुपरकपको सेमिफा्रइनलबाटै बाहिरिएको छ । बिहीबार राति साउदी अरेबियामा भएको खेलमा एट्लेटिको मड्रिडसँग ३–२ले पराजित हुँदै बार्सिलोना सेमिफाइलनबाट बाहिरिएको हो ।

सुपरकप फाइनल अब मड्रिड डर्बी हुने छ । बुधबार राति भएको खेलमा रियल भ्यालेन्सियालाई ३–१ले हराउँदै फाइलन पुगिसकेको छ । फाइलन शनिबार हुने छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरु हुनेबित्तिकै एट्लेटिकोले अग्रता लियो । उसका कोकेले गोल गरेका थिए । उसको अग्रता लामो सयम टिक्न सकेन ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ५१ औं मिनेटमा बराबरी गोल फर्काए । ६१औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

८१औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । त्यसको पाँच मिनेटपछि कोरेयले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा एट्लेटिको विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

हारपछि बार्सिलोनाका कप्तान लियोनल मेसी भने रुस्ट बने । ‘यो निक्कै लज्जास्पद हो । हामीले उत्कृष्ट खेल खेल्यौँ, धेरै लामो समयपछि हामीलाई मज्जा आइरहेको थियो’ मेसीले भने, ‘हामीले खेलमा नियन्त्रण गरेका थियौँ, खेलमा दबदबा बनायौँ, आक्रमक खेल खेल्यौँ ।’

खेलको १० मिनेट बाँकी रहँदासम्म जित नजिक रहेको अवस्थामा बार्सिलोनाकै गल्तीमा एट्लेटिको खेलमा फर्किएपछि कप्तान मेसी रुस्ट बनेका हुन् । उनले भने, ‘अन्तिम १० मिनेटमा हामीले निकै गल्ती ग¥यो, त्यसको फाइदा एट्लेटिकोले उठायो । यसले थप पीडा हुन्छ किनभने हामी उपाधि नजिक थियौं । हामी फाइनलमा पुगेर जित्न चाहन्थ्यौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *