एट्लेटिको उपाधि नजिक, अन्तिम सयममा सुआरेजको गोलमा ओसासुना २–१ले पराजित

अन्तिम समयमा लुइस सुआरेजले गरेको गोल मद्दतमा ओसासुनालाई हउँदै एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ। आइतबार राति घरेलु मैदानमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै ओसासुनामाथि २–१ जित निकाल्दै एट्लेटिको उपाधि नजिक पुगेको हो।

अन्तिम खेलमा भालाडोलिडमाथि जित निकाल्न सके एट्लेटिको च्याम्पियन्स बन्ने छ। तर, उसले अंक गुमाए रियल च्याम्पियन्स बन्न सक्ने छ । ८३ अंकका साथ एट्लेटिको शीर्ष स्थानमा छ भने ८१ अंकका साथ रियल दोस्रो स्थानमा छ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टे बुडिमिरले ७५औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । त्यसअघि ५९औं मिनेटमा एट्लेटिकोका स्टेफन साभिचले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन।

८२औं मिनेटमा रेनान लोडीले बराबरी गोल फर्काए । त्यसपछि ८८औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

Facebook Comments Box