बेटिससँग रोकियो एट्लेटिको, रियललाई फाइदा

शीर्ष स्थानको एट्लेटिको मड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

एट्लेटिको बराबरीमा रोकिँदा प्रत्यक्ष फाइदा रियल मड्रिडलाई भएको छ । यो बराबरीपछि रियल र एट्लेटिकोबीचको दुरी १ अंकमा झरेको छ। एट्लेटिकोको ३० खेलमा ६७ अंक छ भने रियलको ६६ अंक छ।

बेटिसको मैदानमा भएको खेलको पाँचौ मिनेटमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा क्रिस्टियन टेलोले बेटिसका लागि बराबरी गोल फर्काए । त्यसपछि थप गोल नहुँदा खेल बराबरीमा सकियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.