एट्लेटिकोले भिल्लारियललाई हरायो, शीर्ष स्थानमा ५ अंकको अग्रता

स्पानिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले भियारियाललाई २–०ले हरायो।

भियारियालको मैदानमा एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले एक गोल गरे भने अर्को गोल एट्लेटिकोले उपहार पाएको थियो ।

२७औं मिनेटमा भियारियालका अल्फोन्सो पेड्राजाको आत्मघाती गोलमा एट्लेटिकोले अग्रता लियो। फेलिक्सले ६९औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए।

जितपछि एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ । उसले अझै एक खेल कम खेलेको छ । एट्लेटिकोले २४ खेलबाट ५८ अंक छ भने २५ खेलबाट बार्सिलोनाको ५३ अंक छ। भियारियल २५ खेलबाट ३७ अंकसहित सातौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.