उत्कृष्ट पुनरागमन जित निकाल्दै एट्लेटिको बन्यो च्याम्पियन, सुआरेज निर्णायक

रियल भालाडोलिडविरुद्ध पुरागमन जित निकाल्दै एट्लेथिको मड्रिडले ला लिगा उपाधि जितेको छ। शनिबर राति भएको खेलमा सुरुवातमै १ गोलले पछि परेको अवस्था उल्टाउँदै भालाडोलिडलाई २–१ले पराजित गर्दै ६ वर्षपछि ला लिगाका उपाधि जितेको हो।

यसअघि उसले सन् २०१३–१४ मा ला लिगा उपाधि जितेको थियो । एट्लेटिको उपाधि यात्रामा लुइस सुआरेज निर्णायक बने । उनले पछिल्ला दुई खेलमा निर्णायक गोल गर्दै टिमलाई च्याम्पियन बनाए । उनले यो सिजन ला लिगामा २१ गोल गरेका छन्।

१८औं मिनेटमा ओस्कार प्लान्कोले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो । तर, एट्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन ग¥यो, र २–१को जित निकाल्यो।

५७औं मिनेटमा एंगल कोरेयाले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६७औं मिनेटमा सुआरेजले भालाडोलिडका खेलाडीको गल्तीको फाइदा उठाउँदै गोल गर्दै टिमलाई २–१ अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा एट्लेटिको विजयी भयो।

हारसँगै भालाडोलिड भने रेलिगेसनमा परेको छ। भालाडोलिसँगै हुएस्का र इबार पनि रेलिगसनमा परेका छन्।

Facebook Comments Box