लोरन्टेको गोलमा एट्लेटिको विजयी

ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा मार्कस लोरन्टेको निर्णायक गोल मद्दतमा एट्लेटिकोले इल्चेलाई १–०ले हरायो।

लोरेन्टले खेलको २३ औं मिनेटमा गोल गरेका थिए। यसअघि लुइस सुआरेजले पनि गोल गरेका थिए। तर सो गोललाई अफसाइड दिइएको थियो।

खेलको अन्तिम समयमा प्राप्त सुनौलो अवसर गुमाउँदा इल्चे पराजित भयो । दोस्रो हाफको इन्जुरी समयमा इल्चे प्राप्त पेनाल्टीमा गोल गर्न सकेन । उसका फिडेल चाभेसको प्रहार बाहिरिएको थियो ।

यस जितसँगै एट्लेटिकोको ३४ खेलमा ७६ अंक भएको छ। पराजित इल्चे ३० अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा हुएस्काले रियल सोसिडाडलाई १–०ले हरायो । उसका लागि अर्टिज इलुस्टुन्डोले निर्णायक गोल गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.