औबामियाङले गरे सम्झौता नवीकरण

इंग्लिस क्लब आर्सनल स्ट्राइकर पिर्रे एमरिक औबामियाङले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । गावोनका स्ट्राइकर औबामियाङले लन्डन क्लब आर्सनलसँग थप तीन वर्षका लागि सम्झौता नवीकरण गरेका हुन् ।

अब औबामियाङ सन् २०२३ सम्म आर्सनलमै रहने छन् । यो सिजनको समाप्तिसँगै औबामियाङको सम्झौता सकिँदैथियो । उनलाई भित्र्याउन स्पेनिस क्लब बार्सिालेना र इटालियन क्लब इन्टर मिलानले चासो देखाएका थिए ।

तर, उत्कृष्ट लयमा रहेका ३१ वर्षीय स्ट्राइकर औबामियाङलाई प्रशिक्षक मिकेल अर्टेटाले आकर्षक तकब प्रस्ताब गरेपछि उनले सम्झौता नवीकरण गरेका हुन् । नयाँ सम्झौतापछि औबामियाङले प्रतिसाता २ लाख ५० हजार युरो तलब पाउने छन् ।

औबामियाङ सन् २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट आर्सनल आएका थिए । उनले आर्सनलबाट १११ खेल खेल्दै ७२ गोल गरेका छन् ।

उनी प्रिमियर लिगकै उत्कृष्ट सेन्ट्रल स्ट्राइकर हुन् । उनले गतसिजन आर्सनललाई एफए कप र कम्युनिटी सिल्ड उपाधि दिलाउन मुख्य भूमिका खेलेका खेलेका थिए । अहिले उनी आर्सनलका कप्तान पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *