महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने

सन् २०२३ मा हुने फिफा महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । विश्वकप आयोनाका लागि भएको भोटिङबाट अस्ट्रेलिया र न्युजिल्यान्डले विश्वकप अयोजनाको जिम्मा पाएका हुन् ।

प्रतिपोगिता आयोजनाका लागि कोलम्बिया पनि दौडमा थियो । तर, भोटिङमा अस्ट्रेलिया र न्युजिल्यान्डले बाजी मारे । अस्ट्रेलिया र न्युजिल्यान्डले २२ भोट पाउँदा कोलम्बियाले १३ भोट पाएको थियो ।

अष्ट्रेलिया र न्युजिल्याण्डले आयोजनाको जिम्मेवारी पाएसँगै पहिलो पटक दुई फरक कन्फेडेरेसन (एसियन र ओसियाना)मा विश्वकप आयोजना हुने भएको छ ।यस विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.